Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो-जीवा लामिछाने (रसिया) को नेतृत्व चयन गर्दै शुक्रबार गैरआवासीय नेपाली संघको पाचौं विश्व सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनको अन्तिम दिन एनआरएन एकता र यसको विस्तारका लागि भन्दै अध्यक्ष देवमान हिराचन (जापान) ले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उपाध्यक्ष जिवा लामिछाने दुइ बर्षका लागि एनआरएनको अध्यक्षमा चुनिएका हुन् ।

एनआरएनको नयाँ नेतृत्व अध्यक्ष सर्बसम्मत चुनिएपनि अन्य मुख्यपदका लागि भने निर्वाचन भएको थियो । निर्वाचनबाट उपाध्यक्षका प्रत्याशीहरु रतन झा, रुद्र शर्मा र चन्द्र सापकोटालाई पछाडि पार्दै हितमान गुरुङले ४ सय ४० मत र रामेश्वर साहले २ सय ७५ मत प्राप्त गरी निर्वाचित भएका छन ।
त्यस्तै तीन जनाको उम्मेदवारी परेको महासचिवमा अघिल्लो समितिका प्रबक्ता डा. कुमार बस्नेत र विष्णुमाया परियारलाई पराजित गर्दै ३ सय २१ मत प्राप्त गरी तेन्जी शेर्पा (कोरिया) निर्वाचित भएका छन् । निर्बाचनमा डा. बस्नेतले १९३ र परियारले १९४ मत पाएका थिए ।
यसैगरी सचिवमा टिवी कार्की २ सय ७२ मतका साथ विजयी भएका छन् । पराजित सुवास अधिकारीले उनीभन्दा तीन मत मात्र कम प्राप्त गरेका थिए ।
यसैगरी अष्ट्रेलियाका गोवा कटुवाललाई हराउदै भवन भट्ट (जापान) एनआरएनको कोषाध्यक्षमा चुनिएका छन् । भट्टले ४ सय २६ तथा गोवाले २ सय ८४ मत पाएका थिए ।
एनआरएनको महिला संयोजकमा रञ्जु थापा निर्विरोध निर्बाचित भएकी छिन् । क्षेत्रीय संयोजक र उपसंयोजकमा अमेरिकाको उपसंयोजक बाहेक अन्य पद निर्विरोध भएको थियो । अमेरिकाको उपसंयोजकका लागि भएको निर्वाचनमा मुकेशकुमार सिंहले द्रोण रसाईलाई हराए । राम खरेल सहसंयोजक चयन भए ।
ओसियानियाको संयोजकमा मन खत्री, सहसंयोजकमा निरज श्रेष्ठ, मध्यपूर्वको संयोजकमा नरेन्द्र भाट र सहसंयोजकमा लोकनाथ सुवेदी निर्विरोध भएका छन् । त्यस्तै युरोपको संयोजकमा कुमार पन्त र सहसंयोजकमा लक्ष्यबहादुर गुरुङ तथा एसिया प्यासिफिकको संयोजकमा यामकुमार गुरुङ (हङकङ) र सहसंयोजकमा किरणविक्रम थापा (जापान) छानिएका छन भने प्रवक्तामा डा. हेमराज शर्मा (बेलायत) चयन भएका छन् । ***

तपाईको प्रतिक्रिया