शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – वैदेशिक रोजगारीको सिलसिलामा घर परिवारबाट टाढा विदेशी भूमिमा कार्यरत रहेता पनि आफ्नो कला र संस्कृतिलाई उत्थान गरेको पाइन्छ । Teej song Image-1

दैनिक ड्यूटीबाट बचेको समयलाई सदुयोपक गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको धेरै उदाहरण देख्न सकिन्छ । लगन र रुचि भएमा जे पनि गर्न सक्छन् भने जस्तै दुबईमा कार्यरत होमनाथ कुंवरले समाज सेवादेखि सांगीतिक दुनियामा आफ्नो स्थान जमाएका छन् । गुल्मीको हस्तिचौंर–१, मा जन्म भई हाल दुबईमा विगत १० वर्षदेखि कार्यरत होमनाथ कुंवरले गुल्मी सेवा समाज युएईमा सांस्कृतिक विभाग कार्यक्रम प्रमुख र नेपाली कलाकार समूहमा उपाध्यक्ष जस्तो गरिमामय पद सम्हाल्दै सांगीतिक क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएका छन् ।

यसैबिच कुंवरले तीज गीति एल्वम “मेरी कालीलाई जे लगाए नि जच्छ” तीज गीत सार्वजनिक गरेका छन् । दीपक दाहाल र संगीता चापागाईको संयुक्त तीज कोशली अन्र्तगत होमनाथ कुंवर र चर्चित लोक गायिका जमुना सनमको स्वरमा सजिएको छ ।

जसमा शंकर बिसी र रेश्मी तामाङको अभिनय रहेको छ भने लय संगीता चापागाई, शब्द उमेश कुंवर र सल्लाहकारमा सुन्दर खनाल रहेको छ । उनंले सांगीतिक क्षेत्रमा कदम राखेको तीन वर्षको अवधिमा लगभग ४५ वटा लोक गीतहरुमा कुनैमा स्वर, कुनैमा लय र शब्दहरू दिइसकेका छन् ।

भिडियो : 


तपाईको प्रतिक्रिया