शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्दा साना तिना समस्या आए पनि निर्धक्क सँग काम गर्नु होला अवस्य पनि सफलताका सिढि चढ्न सकिने छ । व्यापारबाट अल्प लाभ होला । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्ने छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): विरोधी सक्रिय हुने हुदा गोपनियता अप्नाउनु होला । उच्चमनोबलका साथ काम गर्नु होला । गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउने छ । आम्दानीका स्रोत बढ्ने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  यात्राबाट फाइदा कासै हुने छैन । समयमा निर्णय लिन सकिएन भने आफ्नो कामबाट अरुले फाइदा लिने छन् । आर्थिक कारोवारमा आंशिक सफलता मिल्ने छ भने व्यापारबाट अल्प लाभ होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):धन सम्पतिको विषयलाई लिएर टाउको दुखाई हुने छ । घरपरिवारमा समस्या आउन सक्छ । सामान्य मेहनत गरेर फल पाउने आशा नराख्नु होला । घर बाहिर बसेर काम गर्दा बढि अनुकुल होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्ने छ । व्यापार व्यवसायमा सुधार आउने छ । अधिकाँश काम आफ्नै बाहुवलबाट सम्पादन हुने छन् । अर्थोपार्जन हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): घर परिवारमा सामान्य समस्या आउन सक्छन् । घरका समस्या मिलाउन समय लाग्ने छ । व्यापारमा गिरावट आउन सक्छ । जोश जागर घट्न सक्छ । आफन्त सँग आर्थिक कारोवार नगर्दा राम्रो हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ । भोज भतेरमा सहभागि हुने अवसर आउनेछ । गएका ठाँउमा सत्कार मिल्नेछ । व्यापार व्यवसायबाट लाभ होला । लेनदेन कारोवारमा सतर्क रहनु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्यमा अवरोध आउन सक्छ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । बोलिको प्रभाव घट्नेछ । व्यापारबाट खासै लाभ लिन सकिने छैन । विवादबाट टाढा बस्नु होला,आवेगमा नआउनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आकस्मिक आम्दानीको योग देखिन्छ । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । राज्यबाट सहयोग पाईनेछ । व्यापारबाट आज पनि आम्दानी राम्रो हुने छ । सहयोग कम मिल्ने छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):काम गर्ने जोश जागर निकै बढ्ने छ । अधुरा काम पनि धेरै फस्र्योट हुने छन् । लेन देन कारोवारमा सुधार आउने छ । स्वास्थ्य अनुकुल नै रहने छ । व्यापार व्यवसायमा सामान्य सुधार आउने छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  आर्थिक कारोवारमा ध्यान दिनु होला । आफ्ना काम भन्दा अरुका काम बढि हुने छन् जसका कारण धेरै काम अधुरा रहने छन् । फलदायी यात्राको सम्भावना देखिन्छ । विरोधीको सामना गर्नु पर्ला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  विश्वासको संकट पर्ने छ । आफ्नो सोचाईको विपरित काम हुने छन् । अनावस्यक काममा समय र धन लगानी हुनेछ । प्रतिष्ठामा आच आउन सक्छ,सर्तक रहनु होला । व्यापारमा नोक्सानी हुन सक्छ ।

——————————————–

 

तपाईको प्रतिक्रिया