शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): साझेदारी कामबाट कम लाभ हुनेछ । कुरा भन्दा काममा जोड दिनु होला सफल हुनुहुनेछ । विलम्ब गरेमा काममा विलम्ब हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आफ्ना मान्छेबाट पनि शत्रुवत व्यवहार हुनसक्छ । ऋण बढ्न सक्छ । मेहनतका साथ गरेका काम सफल हुनेछन । गरेका कामबाट लाभ होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  दुविधामा नपरि काम गर्नु होला । आम्दानी खर्चको सन्तुलन कायम रहने देखिन्छ । यात्राको चहाना बढ्नेछ । अल्प लाभ होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): खर्च बढ्नेछ । सुख,शान्ति रमाईलोको चहाना बढि हुनेछ । पारिवारिक समस्या बढ्न सक्छन् । काम गर्दा अरुले कुरा काट्ने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आत्म समिक्षा गरेर काम गर्नु होला । काम अनुसारको उपलब्धि कम हात पर्नेछ तर निरास हुने अवस्था रहने छैन । अर्थोपार्जन हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): तनावको वीचमा काम हुनेछन् । आर्थिक सन्तुलन कायम राख्न गाह्रो हुनेछ । पराक्रम बढ्नेछ । समय भने सुधारोन्मुख छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम प्रतिको लगाव बढ्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । आर्थिक कारोवारमा सचेत रहनु होला । वौद्धिक व्यक्तित्वसँग भेट हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आस्था र विश्वासमा चोट लाग्न सक्छ । आम्दानीको तुलनामा खर्च बढ्नेछ । आफन्त भनेकाबाट नै धोका हुनसक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सामान्यतया दिन अनुकुल जस्तै देखिन्छ । समयको सदुपयोग गर्न पछि नपर्नु होला । कुनै काम पछि गर्दछु भनेर साच्नु भयो भने सचिने छन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन रमाईलो सँग जानेछ । भेटघाटमा रम्नुहुनेछ । आम्दानीका स्रोत बढ्ने छन् । घरपरिवार आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय सुधारोन्मुख छ । काममा आफुले सोचे जस्तै प्रगति हुने छैन तर निरास पनि हुनुपर्ने छैन । धार्मिक काममा व्यस्तता बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  हेलचक्र्याई र जोखिम दुवै कुरालाई ध्यान दिएर काम गर्नु होला नत्र ठुलो क्षति हुनसक्छ । अहार विहारका कारण स्वास्थ्य विग्रिन सक्छ । खर्च बढ्ने देखिन्छ ।

——————————————–

 

तपाईको प्रतिक्रिया