शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं –  संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा भारत पाकिस्तानबीच द्विपक्षीय वार्ता हुने तय भएको छ ।

तिन वर्षपछि पाकिस्तान र भारतका विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता हुने लागेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले पाकिस्तानको आग्रहमा दुवै विदेश मन्त्रीबीच बैठक तय भएको बताउनुभयो ।

भेटका क्रममा भारतीय शिख धर्मावलम्बीलाई पाकिस्तानको करतारपुर साबिह गुरुद्वारा खोल्न आग्रह गरिने बीबीसी हिन्दीले उल्लेख गरेको छ । पाकिस्तान इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतसँगको सम्बन्ध नयाँ शिराबाट सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

महासभाका क्रममा नेपालले सार्कका विदेश मन्त्रीबीचको अनौपचारिक बैठक पनि आयोजना गरेको छ । महासभामा सहभागी हुन प्रधानमन्त्री केपी ओली सहितको प्रतिनिधिमण्डलको टोली भोली अमेरिका जाँदैछ ।

तपाईको प्रतिक्रिया