शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – उच्चारणको तरिका

यो प्राणायाम गर्दा सबैभन्दा पहिला आसन छनोट गर्नुपर्छ । यसको उपयोगी र उपयुक्त आसन भनेको ध्यान गर्ने आसनमा ढाड, गर्दन सीधा पारेर बस्नु हो । आसनपछि हल्का भएको अनुभूति गर्न आवश्यक हुन्छ ।

त्यसपछि बिस्तारै लामो श्वास लिनुपर्छ । पूरा श्वास लिएपछि श्वास छोड्दा ॐ को लामो उच्चारण गर्नुपर्छ ।

यस्तो प्रक्रिया पटक–पटक दोहोर्‍याउनुपर्छ । यसैलाई नै प्राणायाम भनिन्छ ।

आफ्नो समयअनुसार यो प्राणायाम गर्न सकिन्छ । परिस्थितिअनुसार कम्तीमा पाँच मिनेट यस्तो प्राणायाम गर्दा हुन्छ । प्राणायामको समय जति लम्ब्यायो, शरीरलाई त्यति नै बढी फाइदा पुग्छ ।

फाइदा
यस्तो प्राणायामले सबै प्रकृतिका मानसिक समस्यालाई समाधान गर्छ ।
यसले एकाग्रता र स्मरण शक्ति वृद्धि गर्छ ।
शरीरमा स्फूर्ति बढाई थकान दूर गर्ने काम गर्छ ।
उच्च रक्तचापका बिरामीले यस्तो प्राणायाम गर्दा स्वास्थ्यमा आराम मिल्छ ।

दीपक नेपाल
योग विशेषज्ञ

तपाईको प्रतिक्रिया