शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

कैलाली –  प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आज पद तथा गोपनियताको सपथ लिँदै हुनुहुन्छ ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आज अपराह्न ३ बजे गरिने कार्यक्रममा प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री भट्टलाई सपथ गराउने तय भएको छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश सांसद भट्ट बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ३५ जना सांसद्को समर्थन छ ।

मुख्यमन्त्रीको सपथलगत्तै सरकार विस्तार गर्ने बताइए पनि अहिलेसम्म मन्त्रीको नाम टुंगो लागेको छैन । प्रदेशमा रहने ७ मन्त्रालयमध्ये एमालेले ५ र माओवादीले २ लिने गरी भागबण्डा भइसकेको छ ।

तथापि, दुवैले मन्त्री टुंग्याउन सकेका छैनन् । प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा भट्टले सपथ लिएपछि सात वटै प्रदेशले मुख्यमन्त्री पाउने छन् । अरु प्रदेशका मुख्यमन्त्रीले यसअघि नै सपथ लिइसकेका छन् ।

तपाईको प्रतिक्रिया