शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – हाल जापान भ्रमणमा रहेको एक नेपाली प्रतिनिधी मण्डलले एनआरएनएका अध्यक्ष भवन भट्टसंग भेटवार्ता गरेको छ ।

जनवरी २८ तारिख २०१८ का दिन वर्ल्ड नेवाः अर्गनाइजेशन जापानको आयोजनामा टोकियोमा भएको ‘नेवाः फुड फेस्टिवलमा सहभागी हुन नेपालबाट जापान आएका नेवाः जागरण मञ्च नेपालका अध्यक्ष सुजीव बज्राचार्य, मञ्चका संयोजन समितिका सदस्य एवम सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष निरञ्जन रत्न शाक्य र एकीकृत वस्ती पुन:निर्माण अभियानका संयोजक मचाराजा महर्जनको टोलीले अध्यक्ष भट्टसंग बुधवार भेटघाट गरेको हो ।

भेटका अवसरमा एकीकृत वस्ती पुन:निर्माण अभियानका संयोजक मचाराजा महर्जनले नेपालमा गएको भूकम्प पछि काठमाडौंका पुराना वस्तीहरु अत्यन्त नाजुक स्थितिमा रहेको र उक्त पुरानो वस्तीलाई व्यवस्थित गरी परम्परागत नेवारी शैलीमा पुन:निर्माण गर्न लागेको जानकारी दिएका थिए ।  सो अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लाप्राकमा एकीकृत वस्ती निर्माण गरिरहेको र काठमाडौंमा निर्माण हुन लागेको एकीकृत वस्ती पुन:निर्माण अभियानलाई पनि एनआरएनएले सक्दो सहयोग गर्न तयार रहेको कुरा अध्यक्ष भट्टले बताए ।  ***

तपाईको प्रतिक्रिया