शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’ आजबाट रिलिज भएको छ । करिब २ बर्षपछि नायक केसी नयाँ चलचित्रको साथमा दर्शकमाझ आएका हुन् ।

चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले बिहानी शोमा सुखद ओपनिङ गरेको छ । काठमाण्डौको गोपिकृष्ण मुभिजमा ४ वटा पर्दा हाउसफूल रह्यो । यस्तै, मल्टिप्लेक्समा पनि बिहानी शोमा ६० देखि ८० प्रतिशतको अकुपेन्सी देखिएको छ ।

सुवास गिरी र भूवन केसीले मिलेर बनाएको चलचित्रमा नायक अनमोल केसीको एक्सन र चकलेटी रुप देख्न सकिन्छ । यो चलचित्रका लागि अनमोलले २ बर्ष कडा मिहिनेत पनि गरेका थिए । नेपाली चलचित्र केहि महिनादेखि हलमा कमजोर भैरहेको समयमा अनमोलले फेरि एक पटक दर्शक हलमा फर्काउने अपेक्षा धेरैको छ ।

तपाईको प्रतिक्रिया