शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानको चिवाकेनमा हालै मात्र सम्पन्न भएको २१ औ राष्ट्रिय तेक्वाण्डो प्रतियोगितामा नेपाली खेलाडि अरूण अधिकारीले कास्य पदक प्राप्त गरेका छन। प्रतियोगिता यही जनवरी १९ र २० मा भएको हो ।

अधिकारी फुकोओका, क्युसु, निशी निहोन गेम जित्दै राष्ट्रिय गेममा पर्न सफल भएका हुन । अधिकारी नेपालमा रहंदा पनि त्रिभुवन आर्मी क्लवबाट खेल्दै राष्ट्रिय गेममा दर्जनौ स्वर्ण पदक जितिसकेका छन भने एशियन, अन्तर्राष्ट्रिय वर्ल्ड च्यामपियनशिप गेममा समेत भाग लिईसकेका छन । उनले जापानमा १९, २० र २१ औ गरी तीनपटक राष्ट्रिय खेलमा सहभागिता जनाईसकेको कुरा युनिभर्सल युनाईटेड नेप्लिज तेक्वान्डो एसोसियसन जापानका अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया