शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – आज (शनिबार) बिहानै नेपाल टेलिकमको नेटवर्कमा समस्या आयो ।

बिहान तीन बजेबाट नेटवर्क आएको समस्या एकै पटक बिहान आठ बजेमात्र समाधान भएको थियो । ओभर हिटका कारण ट्रान्समिसनमा समस्या आउँदा पाँच घण्टासम्म टेलिकममा समस्या आएको टेलिकमका इन्जिनियर राजेन्द्र पौड्यालले जानकारी गराउनुभयो ।

पैड्यालका अनुसार सुन्धारामा रहेको ट्रान्समिसनमा ओभरहिट भएका कारण यो समस्या देखिएको अनुमान गरिएको छ । ‘उक्त ट्रान्समिसनमा बिहान तीन बजेबाट नै समस्या आएको थियो’, उहाँले भने, ‘अहिले उक्त समस्याको समाधान भई सकेको र नेटवर्कको पनि समस्या समाधान भइसकेको छ ।’

तपाईको प्रतिक्रिया