शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताउनुभएको छ । राष्ट्रियसभा गठन नभएसम्म संसद पूर्ण नहुने पौडेलको तर्क छ ।

राजनीतिक जीवनमा पहिलो पटक संसदीय चुनावमा पराजय व्यहोरेका पौडेलले मतदातालाई धन्यावद दिनेक्रममा आयोजित कार्यक्रममा भन्नुभयो, ‘नेपाली कांग्रेसले हरेक संक्रमणकाललाई व्यवस्थीत गरेको छ । संविधानकानुन र प्रक्रिया बेगर जथाभाबी कांग्रेस जस्तो जिम्मेवार पार्टी मुलुकलाई अलपत्र छोडेर हिड्दैन ।’

उहाँले संसदले पूर्णता नपाएसम्म सरकार नछाड्ने दोहोर्‍याउनुभयो । सांसदको चुनाव हारेका पौडेलले आफू स्थानीय तहका जनप्रतिनिधिसँग मिलेर तनहुँको विकासको काम गर्नका लागि सधै तयार रहेको बताउनुभयो । उहाँले कांग्रेसलाई आफू सच्चिएर अघि बढ्ने अवसर प्राप्त भएको भन्दै अब कांग्रेसमा दुःख पाएकाले न्याय पाउने र क्षमता भएकाले अवसर पाउने सन्देश दिन जरुरी रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया