शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो–नेपालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वतन्त्र, पारदर्शी र भयरहित ढंगले सम्पन्न भएकोमो जापान सरकारले स्वागत गरेको छ ।
जापानको विदेश मन्त्रालयका प्रेस सचिव नारियो मारुयामाद्धारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उप विदेशमन्त्री इवाओ होरीे नेतृत्वको टोलीद्धारा गरिएको निर्वाचन अनुगमन तथा पर्यवेक्षणबाट निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै स्वागत गरेको हो ।
होरी नेतृत्वको टोलीमा १० जना सम्मिलित पर्यवेक्षण टोलीले अनुगमन तथा पर्यवेक्षणका क्रममा विभिन्न मतदान स्थलमा प्रत्यक्ष रुपमा नै उपस्थित भइ निर्वाचनको अनुगमन तथा पर्यवेक्षण गरेको विज्ञप्तिमार्फत जनाएको छ । जारी विज्ञप्तिमा भनिएको छ – नेपालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र पारदर्शी तरिकाले सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया