शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

रुकुम  – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कठिन परिवेशको सामाना गरेर भएपनि सरकारले चुनाव शान्तिपुर्ण ढंगले सम्पन्न गर्ने बताउनु भएको छ । मतदातालाई ढुक्कसाथ मतदान गर्न आह्वान गदै सरकारले कुनै पनि खालका चुनाव विथोल्ने गतिविधी हुन नदिने बताउनुभयो ।

नेपाली कांग्रेस पश्चिम रुकुमले आयोजना गरेको चुनावी सभालाई बिहिबार सम्बोधन गदै देउवाले भन्नुभयो ‘राष्ट्रलाई जस्तो सुकै अवस्थामा पनि सम्हाल्न र नेतृत्व दिन सक्ने एक मात्र शक्ति नेपाली कांग्रेस हो भन्ने कुरा जनताले बुझेका छन् ।

’ द्धन्द्धको समयमा रुकुमले धेरै दुख पाएको बताउँदै उहाँले शान्ति प्रकृया पछि रुकुमले लिएको विकासको गतिमा आफनो पनि सहभागिता रहेको स्मरण गराउनुभयो । रुकम विकासका कामबाट पूर्ण भएपछि मात्र रुकुमका नागरिकले शान्तिको आभाष गर्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस नै देशको सच्चा प्रजातान्त्रिक पार्टी भएकाले विकासका लागि नेपाली कांग्रेसलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । कालिकोटको चुनावी सभालाई सम्बोधन गरेर रुकुम पुग्नुभएका देउवाले कांग्रसले गरेका राम्रा कामलाई पनि नराम्रो भन्दै हिडनेको भविष्य लामो नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया