शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं  – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा फाइनल यात्राका लागि नेपाल र अफगानिस्तानबीच खेल भइरहेको छ । खेल मलेसियाको किनरारा ओभल मैदानमा भइरहेको हो । अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा अाएको छ ।

आशिफ शेख शून्यमै मुजिर उर रहमानको बलमा एलबीडब्लू आउट भए ।

मुजिर उर रहमानकै दोस्रो अोभरमा १५ बलमा १ रन बनाएका जितेन्द्र सिंह अाउट भए ।

२० बलमा ६ रन बनाउँदा दिपेन्द्र सिंह एेरी मुजिर उर रहमानकै बलमा अाउट भए ।

 

‍‍‍‍‍‍‍‍‍‍‍‍………………………….

समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानलाई हराउन सके अर्को इतिहास रच्नेछ । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । खेलअघि नेपाली टिमका प्रशिक्षक बिनोद दासले निकै राम्रो खेल प्रस्तुत गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया