शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

अष्ट्रेलिया  – अष्ट्रेलियामा समलिङ्गी विवाहले कानुनी मान्यता पाउने भएको छ । समलिङ्गी विवाहको पक्षमा ६१ दशमलव ६ प्रतिशत मत खसेपछि समलिङ्गी विवाहले कानुनी मान्यता पाउने भएको हो । अष्ट्रेलियाली तथ्यांक विभागका अनुसार ७९ दशमलव ५ प्रतिशत मतदाताले मतदान प्रकृयामा भाग लिएका थिए । मतदान प्रकृया झण्डै आठ हप्ता चलेको थियो । स्वतन्त्र रुपमा नागरिकले हुलाक मार्फत आफ्नो मत दिएका थिए ।

 

अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबेलले यो नतिजालाई आत्मसाथ गर्दै आउँदो क्रिस्मस अघि नै संसदबाट कानुन परिमार्जन गर्ने बताउनुभयो । समलिङ्गी विवाहको पक्षमा रहेका टर्नबेलको भने यहि मुद्दाका कारण उहाँकै पार्टीबाट आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया