शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो -चालक दलका चार सदस्यसहित उडेको जापानी सैनिक हेलिकोप्टर बिहीबार मध्य जापानबाट सम्पर्क बाहिर गएको बताइएको छ । जापानी अधिकारीका अनुसार विमान दुर्घटना भएको आशङ्का गरिएको छ ।
यूएच–६० जे प्रशान्त महासागर क्षेत्रको आकाशमा उडिरहेको अवस्थाबाट बेपत्ता भएको सैनिक अधिकारीले बताएका छन् । दक्षिण हमामाट्सुबाट ३० किलोमिटर टाढा पुगेपछि सम्पर्क बाहिर पुगेको थियो ।

रक्षामन्त्री इतसुनोरी ओनोडेराले सञ्चारकर्मीसँगको कुराकानीमा बताए, “विमान वेपत्ताभएपछि आकासबाट हेलिकोप्टरको भाग छुटेर आएको सुचनाका आधारमा एक उद्धार टोली प्रशान्त महासागर क्षेत्रमा पठाइएको छ ।” प्राप्त सूचना अनुसार हेलिकोप्टरबाट छुट्टिएर समूद्रको पानीमा तैरिएको हुनसक्ने केही टुक्राहरूलाई केन्द्रित गरी उद्धार टोलीले विमानको खोजी गरिरहेको उनले बताए ।

एअर सेल्फ डिफेन्स फोर्सको हेलिकोप्टर सैनिक हवाई अड्डा हमामाट्सुबाट रातिको समयमा उडेको थियो भने उडेको केही समयमा नै सम्पर्क बाहिर गएको क्योदो न्यूज एजेन्सीले जनाएको छ । हमामाट्सु टोकियोदेखि २५० किलोमिटर टाढाको दूरीमा अवस्थित छ ।

तपाईको प्रतिक्रिया