शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

विरबहादुर चोखाल

हिन्दू नेपालीहरुको दसैँ पछिको दोस्रो ठुलो चाड तिहार (दीपावली) हो ।यो शरद ऋतुको कार्तिक कृष्ण त्रयोदशी तिथिदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म धुमधामका साथ मनाइन्छ । यो पन्छी काग,जनावरहरु कुकुर,गाई,गोरु तथा दाजुभाइलाई पूजा गरेर अध्यारोबाट उज्यालोतर्फ लैजाने प्रकाशको उत्सव हो । तिहारलाई दीपावली, यमपञ्चक, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व पनि भन्ने गरिन्छ । संविधानत नेपाल धर्म निरपेक्ष मुलुक भएपनि बहुसङ्ख्यक नेपालीहरु तिहारलाई सांस्कृतिक तथा धार्मिक दुवै दृष्टिले महत्वका साथ मनाउने गर्दछन । हिन्दु सभ्यतामा प्रत्येक शुभ कार्य दीयो बालेर शुभारम्भ गरिने भएको हुँदा यसको महत्व सर्वव्यापी रहेको छ ।

हिन्दू नेपालीहरुको दसैँ पछिको दोस्रो ठुलो चाड तिहार (दीपावली) हो ।यो शरद ऋतुको कार्तिक कृष्ण त्रयोदशी तिथिदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म धुमधामका साथ मनाइन्छ । यो पन्छी काग,जनावरहरु कुकुर,गाई,गोरु तथा दाजुभाइलाई पूजा गरेर अध्यारोबाट उज्यालोतर्फ लैजाने प्रकाशको उत्सव हो । तिहारलाई दीपावली, यमपञ्चक, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व पनि भन्ने गरिन्छ । संविधानत नेपाल धर्म निरपेक्ष मुलुक भएपनि बहुसङ्ख्यक नेपालीहरु तिहारलाई सांस्कृतिक तथा धार्मिक दुवै दृष्टिले महत्वका साथ मनाउने गर्दछन । हिन्दु सभ्यतामा प्रत्येक शुभ कार्य दीयो बालेर शुभारम्भ गरिने भएको हुँदा यसको महत्व सर्वव्यापी रहेको छ । एक पौराणिक कथामा उल्लेख भएअनुसार “परापूर्व कालमा वली नाम गरेका एक महात्मा र दानी राजा थिए ।उनको चर्चा चारैतिर फैलिएको थियो ।उनको उक्त महिमा सुनेर स्वर्गका राजा इन्द्र पनि डराएका थिए । उनी डरले काप्दै भगवान विष्णु कहाँ गुहार माग्न गए । विष्णुले  इन्द्रलाई सहयोग गर्न वामन रुप धारण गरी राजा वलीलाई झुक्काएर तीन पाइला जमिन मागे ।

यज्ञमा तल्लीन वली राजाले वामन रुप धारण गरेका विष्णुलाई  तीन पाइला जमिन दान दिने सङ्कल्प गर्नासाथ भगवान विष्णुले विराट रुप धारण गरी प्रथम पाइला पृथ्वीमा टेके, दोस्रो पाइला आकाशमा टेके र तेस्रो पाइला कहाँ टेकु ? भनेर राजावलीलाई प्रश्न सोधे । राजावलीले उत्तरमा अब मेरो शिरमा पाइला राख्नुहोस भने । राजा वलीको शदासयताबाट भगवान विष्णु प्रभावित भई वर मागभन्दा राजा वलीले यमपञ्चक (तिहार) का बेलाजसले दीपावली गर्लान तिनका घरमा लक्ष्मीको वास होस भनी वर मागे । भगवान विष्णुले सहमति जनाए अनि वलीको शिरमा आप्mनो पाउ (पाइला) राखेर वलीलाई पातलमा पु¥याइदिए ।” यस पौराणिक किम्बदन्तीलाई विश्वास गरेर अहिले पनि नेपाली समाजमा तिहारमा दीपावली गर्ने गरिन्छ । यसै अवसरमा द्यौसी भैलो खेल्न आउनेहरु पनि “हामी त्यसै आएनौ वली राजाले पठाएका” भनी द्यौसी भैलो भट्याउने तथा गीत गाउने गर्दछन । यही परम्परालाई जोगाउन कार्तिक महिनामा दान गर्र्दा विशेष पूण्य प्राप्त हुने विश्वास गरिन्छ । त्यसैले तिहारमा सबै घरघरमा आपूm सक्दो दानदिने प्रचलन रही आएको छ ।

पाँच दिनसम्म मनाइने उज्यालो पर्व तिहारमा नेपाल सरकारले औंसीका दिनदेखि द्वितीया अर्थात भाइटीकासम्म सार्वजनिक बिदा दिने गरेको छ । यो पर्व नरकलोकका राजा यमराजको पूजाबाट सुरु गरिन्छ । तिहारका पाँचै दिन यमराजको पूजागरिने भएकोले तिहारलाई यमपञ्चक भनिएको हो । तिहारको पहिलो दिन कागतिहार, दास्रो दिन कुकुर तिहार, तेस्रो दिन गाईतिहार, चौथो दिन गोरुतिहार (गोवद्र्धन पूजा) र पाँचौं दिन भाइतिहार (भाइ टीका) हो । त्यसैले नेपाली संस्कृतिमा भाइसँगै काग, कुकुर, गाई, गोरु आदिको पूजा गरी तिहार पर्व मनाइन्छ।

कागतिहार

तिहारको पहिलो दिन कार्तिक कृष्ण पक्ष त्रयोदशी तिथिलाई कागतिहार भनिन्छ । यस दिन बिहान सवेरै कागलाई खाद्य सामग्रीले सम्मान गरेर मात्र आपूmले भोजन गर्ने प्रचलन रहेको छ । पूर्वीय शास्त्रहरुमा कागको “असियमोदुताअसि” भनेर कागलाई यमराजको दूत मानिएको छ । पौराणिक मान्यताअनुसार यमराजले कागको रुप धारणा गरी आप्mना भक्तहरुलाई जसले कागलाई पुज्दछ  त्यसका पूर्खाहरुलाई म सदगति दिन्छु भन्ने कथा प्रसिद्ध रहेको छ । यस दिनलाई धन्वन्तरी त्रयोदशी पनि भनिन्छ ।

 कुकुर तिहार

तिहारको दोस्रो दिन कुकुरतिहार हो । यमराजको दरवारको रक्षक एवम दूतका रुपमा कुकुरको पूजा गरिन्छ ।आआप्mनो घरमा पालेको वा छिमेकीको घरमा भएका कुकुरहरुलाई त्यस दिन बिहान सवेरै स्नान गराएर, तेल घसेर माला लगाई पूजा गरिन्छ र कुकुरलाई मीठामीठा खानेकुरा खुवाएर कुकुर तिहार मनाइन्छ । नरकलोकका राजा यमराज भएकोले यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । फाहोर मैला पनि एक प्रकारको नरक भएको हुँदा यस दिनलाई सरसफाई गर्ने पर्वका रुपमा पनि मनाइन्छ । यस दिन दिदीबहिनीहरुले दाजुभाइहरुलाई सरसफाई गर्ने पर्वका रुपमा पनि मनाउने परम्परा रहेको छ । यस दिन दाजुभाइ हुने दिदीबहिनीहरुले दाजुभाइको रक्षा र दीर्घायुका लागि बिहान सवेरै स्नान गरेर परम्परागत रुपमा तयार पारिएको अमिलो फलको पातको टपरीमा सानासाना दुना बनाई तिनै दुनामा धागोको बत्ति बाली नदी वा खोलामा बगाउने परम्परा रही आएको छ ।

गाईतिहार

तिहारको तेस्रो दिनलाई गाई पूजा र लक्ष्मीपूजा भनिन्छ । वेदमा “एतदविश्वरुप  सर्वरुप गोरुपम” अर्थात् पशुहरुको रक्षा गर्नु पर्दछ र गाईलाई कहिल्यै मार्नु हुदैन भनिएको छ । गाईलाई लक्ष्मीको प्रतीक मानी बिहानैदेखि पूजा गरिन्छ । सिङ र खुरमा समेत तेल लगाइ दिएर जीउ भरी चामलको पीठाको छाप (दया) लगाएर सिङ्गारिन्छ । गाईको निधारमा टीका, घाँटीमा मालालगाई खुट्टामा ढोगेर मीठामीठा खानेकुरा तथा रोटी खुवाएर मात्र आपूmले खाने चलन रहेको छ । यसैदिन साँझ लक्ष्मीपूजा गरी दीपावली गरिन्छ । धनकी देवी लक्ष्मीका आठओटा नामहरु द्विभूजावीर, लक्ष्मी, गजलक्ष्मी, महालक्ष्मी, श्रीदेवी, अष्टभूजा, वीरलक्ष्मी र प्रशन्नलक्ष्मी रहेका छन । यसै दिनलक्ष्मीले आप्mनो घरमा प्रवेश गरुन भनेर घरको मूल ढोकादेखि ढिकुटी रहेको स्थानसम्म लक्ष्मीका पाइला अङ्कित गरेर लगिन्छ । लक्ष्मीपूजाको दिन सवेरै अमलाले स्नान गर्नुलाई सुखदायी मानिन्छ । यसै दिनदेखि समुदायका युवायुवतीहरु समूहबद्ध रुपमा द्यौसी भैलो खेल्न शुभारम्भ गर्दछन । यस रात्रीलाइ सुख रात्रीपनि भनिन्छ ।

गोरु तिहार

तिहारको चौथो दिन गोरु तिहार हो । यस दिनलाई गोरु पूजा, गोवद्र्धन पूजा र म्हँपूजापनि भनिन्छ । यस दिन वर्षभरि हलो, गाडा तानेर मानव जातिको उपकार गरेको गोरुको पूजा गरिन्छ । गोरु तिहारका दिन हलोको पनि पूजा गरिन्छ । यस दिन गोवरको कुण्ड गराइ त्यसलाई गोवद्र्धन पर्वतको प्रतीक मानी पूजा गरिन्छ । यस दिनलाई अन्नकुट पर्व पनि भनिन्छ । पर्यावरण संरक्षण गर्न पर्वतहरुको महत्वपूर्ण भूमिका रहने भएको हुँदा हिन्दू संस्कृतिमा पर्वत पुजनीय मानिन्छ ।

भाइतिहार

तिहारको पाँचौं दिन अर्थात अन्तिम दिन भाइतिहार हो । यस दिनलाई भाइटीका पनि भनिन्छ । यस दिनमा दिदीबहिनीहरुले आप्mना दाजुभाइहरुलाई सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै विभिन्न पूजा सामग्रीले परम्परागत पूजा गर्दछन । घरको मूल ढोकाको संघारमा सवेरै ओखर फोरेर आप्mना दाजुभाइलाई कहिल्यै नसुक्ने तोरीको तेल र पवित्र जलको घेरा भित्र राखी यमराजबाट सुरक्षित पार्दछन । दाजुभाइका निधारमा सप्तरङ्गी टीका लगाई गलामा मखमली, सयपत्री, दूवो, गोदावरी आदिको माला लगाइ दिन्छन । टीकाको कार्यक्रम सकिए पछि विशेषत सेलरोटी, ओखरको घाजी तथा मिष्ठान्न भोजन खुवाउछन भने दाजुभाइहरुले आप्mनो क्षमताअनुसार दिदीबहिनीहरुलाई उपहार तथा दक्षिणा दिने प्रचलन रहेको छ ।

यसरी पाँच दिनसम्म सम्पूर्ण जीवन जगत र मृत्यु जगतका नर नारी, पशुपन्छी, वन, पर्वत, मृत्यु देवताआदिलाई वनस्पति जगतका पूmलमाला आदिबाट पूजाआजा गरी द्यौसी भैलो तथा रोटे पिङ, लिङ्गे पिङ खेली, सेलरोटी र मिष्ठान्न भोजन गरी औंसीको अध्यारो रातमा झिलिमिलि बत्ति बालिने तिहार पर्व नेपालीहरुको रसिलो, साङ्गीतिक, मौलिक, सांस्कृतिक र सामाजिक चाड हो । यस चाडमा सम्पन्न र सम्भ्रान्त वर्गदेखि निम्नस्तरका शोषित पीडित वर्गले आप्mनो हैसियतअनुसार हर्साेल्लासपूर्ण वातावरणमा उत्सव मनाउने गर्दछन ।

यद्यपि पछिल्ला दिनहरुमा तिहारमा देखासिकी गर्ने, फजुल खर्च गर्ने, जुवातास खेल्ने, जाँडरक्सी सेवन गर्ने, आप्mनो मौलिक संस्कृति सोरठी, ख्याली, द्यौसी, भैलो र मारुनीनाचलाई तिरस्कार गर्दैै पश्चिमी संस्कृतिलाई भित्राउने जस्ता विकृति हावी भएका छन भने सिर्जनशीलताको सट्टा रेकर्ड गीतबाट नृत्य प्रदर्शन गर्ने गरिन्छ  । विस्फोटक पदार्थको समेत अवैधानिक कारोवार हुने गरेको छ । यस विषयमा युवा पीढी सचेत हुन जरुरी देखिन्छ ।  यस वर्ष नेपालीहरुले स्थानीय तहमा जनप्रतिनिधि पाएका छन । प्रदेश र संघमा पनि जनप्रतिनिधि छान्ने प्रक्रियमा छन । नेपाली जनताले संघीय प्रणालीको  अभ्यास गरिरहेका छन । नेपालीमा खुशी छाएको छ । दलहरु आर्थिक समृद्धिको बहस चलाई रहेको अवस्थामा उज्यालो पर्व तिहारको सान्दर्भिकता अझै बढेको छ ।

अन्त्यमा समृद्ध राष्ट्र निर्माणमा सबै एकताबद्ध बनूँन, संघीय लाकतान्त्रिक गणतन्त्र नेपालको संविधानको कार्यान्वयन होस्, जनप्रतिनिधिहरु राष्ट्र र जनताप्रति जिम्मेवार बनूँन, अध्ध्यारोमाथि उज्यालोे विजयी बनोस, मित्र राष्ट्रले हस्तक्षेप हटाओस् ,दाजुभाइ र दिदीबहिनीहरुको प्रेम अमर बनाउने तथा जीवन र जगतलाई अध्यारोबाट उज्यालोतिर लैजाने प्रकाशको उत्सव तिहार २०७४ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना ।***

तपाईको प्रतिक्रिया