शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

युएई – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) युएईको सातौ महाधिवेशनले रमेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । महाधिवेशन अन्तर्गत भएको चुनावबाट रमेश श्रेष्ठ १ सय ६३ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी शालिक सुवेदीले १ सय ८ मत मात्र प्राप्त गर्नुभयो ।

उम्मेदवारबीच सहमति हुन नसक्दा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र २ आइसिसी सदस्य पदमा मतदान भएको हो । श्रेष्ठले नेतृत्व गरेको प्यानलले पुरै कार्य समितिमै जितेको छ । उपाध्यक्षमा नेत्रप्रसाद शर्मा, बालकृष्ण मरासीनी र निर्मल पोखरेल विजयी हुनुभयो । यस्तै महासचिवमा कृष्ण पौडेल सय ७२ मतसहित निर्वाचित हुनु भया भने उहाँका प्रतिद्वन्द्वी निश्चल दाहालले ९७ मत प्राप्त गर्नुभयो ।

सचिव पदका लागि राजेश बोहोरा र मिलबहादुर गुरुङको मात्रै उम्मेदवारी परेकोले उहाँहरु निर्विरोध हुनुभयो । कोषाध्यक्षमा राजु केसी १ सय ७३ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी बालकृष्ण अधिकारीले ९५ मत मात्रै पाउनु भयो । युवा सञ्जाल प्रतिनिधिमा भने नविन पौडेल र महिला सञ्जाल प्रतिनिधिमा मोतीकुमारी राई निर्विरोध भएकाले चुनावी प्रस्तिपर्धा गर्न परेन ।

यस्तै, गैरआवासीय नेपाली संघको केन्द्र्रीय सदस्य आइसिसीमा युएईको तर्फबाट प्रतिनिधित्व गर्दै व्यवसायी ठाकुरप्रसाद ढुङ्गाना र नेपाली कांग्रेस युएईका पूर्व सभापति चित्रबहादुर केसी निर्वाचित हुनुभयो ।  एनआरएन एनसिसी युएईको कार्य समिति सदस्यमा टंकबहादुर गुरुङ, तोरणदत्त सुवेदी, दुर्गाप्रसाद काफ्ले, लक्षुमण काफ्ले, केशब शर्मा नेपाल, जीवन दास, धर्मेन्द्र गैजुमर, राजन खतिवडा, शमशेर योन्जन, ओमप्रसाद उप्रेती, दिनेश पराजुली, महमद शमिम, बिदुर न्यौपाने निर्विरोध हुनुभयो ।

एनआरएन गैर राजनीतिक संस्था भए पनि युएईको निर्वाचनमा भने उम्मेदवारहरु पार्टीगत तथा संस्थागत प्यानल बनाएर चुनावी मैदानमा उत्रेका थिए । श्रेष्ठ कांग्रेसको संयुक्त लोकतान्त्रिक समावेशी समूह र एमाले माओवादी तथा सुवेदीको भने संस्थागत रुपमा आदिवासी जनजाति महासंघ लगायतको प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

कुल भोटर संख्या २८९ रहे पनि आईसिसि सदस्य, अध्यक्ष, उपाध्य, महासचिव र कोषाध्यको पदको लागि २७३ मत खसेको थियो । मतगणना सकिए पछि निर्वाचन समिति संयोजक लक्ष्मण खनालले नतिजा घोषणा गरी निर्वाचित सबै कार्यसमितिलाई बधाई दिनु भएको थियो ।

एनआरएन युएईको सातौ अधिवेशन गराउने जिम्मेवारी नेपाल पत्रकार महासंघ युएई शाखाले पाएको छ ।

तपाईको प्रतिक्रिया