शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – मानिस राम्रो देखिन साह्रै दुब्लो हुनु हुँदैन र अनावश्यक मोटाउनु पनि हुँदैन । त्यसैले राम्रो देखिनका लागि मझौला टाइपको हुनुपर्छ । तर, अचम्मको कुरा के हो भने मानिस मोटाउँछु भनेर पनि सक्दैन, दुब्लाउँछु भनेर दिनदिनै मर्निङवाक जान्छ, तर दुब्लाउँदैन । गर्ने के त ? यसो गरौँ तौल बढाउन :

खानपानमा नियमित ध्यान दिनुहोस् ।

प्रोटिनयुक्त खाना खानुहोस् । ६० केजी तौलबराबर ९० ग्राम प्रोटिन हुन आवश्यक छ । राजमा, दूध, बदाम चिकेन र अन्डामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ ।

कार्बोहाइड्रेडयुक्त खाना खानुहोस् । जस्तै– नियमित खानामा रोटी, भात, मकै तथा एकदलीय दाल समावेश गर्नुहोस् ।

घिउ र तेल नियमित खाने गर्नुपर्छ ।

रसिला फलफुलको सट्टा केरा, आँप, मेवालगायत फलफूल धेरै खानुस् । यसले पनि मोटाउने रहर पूरा गर्न सक्छ ।

खानामा नियमित एक चम्चा मह र एक गिलास दूधलाई मिसाएर खानाले तौल बढ्दै जान्छ ।

तौल बढाउन दैनिक ३० मिनेटसम्मको हिँडाइ र अन्य शारीरिक व्यायाम पनि आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया