शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर रिलिज गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र युनिटले प्रचारमा थप बल पुर्याउन ट्रेलर रिलिज गरेको हो ।

ट्रेलरमा गीत, सस्बेन्स र एक्सनका दृश्य समेटिएका छन् । नितिन चन्द निर्देशित चलचित्र ३० भदौबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।

कमेडी, एक्सन र प्रेम मिश्रित चलचित्रमा नेपाल र भारतका रमणिय दृश्य समेटिएका छन् ।

तपाईको प्रतिक्रिया