शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

कालिकोट – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिकोटको एस मोडमा पहिरो हेर्न गएका एकजनाको ज्यान गएको छ ।

शनिबार राति राजमार्गमा खसेको पहिरो हेर्न जाँदा त्यहि पहिरोले पुरिएर दैलेख महाबुअ गाउँपालिका–६ का जगतबहादुर शाहीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यसैबिच अहिले पनि पहिरो खसिरहेकाले जुम्ला, मुगु र कालिकोटबाट सुर्खेत, नेपालगन्ज, काठमाडौं, धनगढी लगायतका ठाउँका लागि छुटेका गाडी बाटोमै रोकिँदा यात्रुलाई सास्ती भएको छ । पहिरो खसिरहेकाले हटाउन समस्या भएको छ ।

तपाईको प्रतिक्रिया