शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – थिम पोस्टर सार्वजनिक गर्दै नेपाली फिल्म ‘दि कर्मा’ घोषणा गरिएको छ । तराईका नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित रहेर उक्त फिल्म बनाउन लागिएको निर्देशक विश्वदीप घिमिरेले जानकारी दिनुभयो ।

फिल्ममा मुम्बईका कलाकार दिपक आनन्दको प्रमूख अभिनय रहनेछ । दिपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतका टलिउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गर्नु भएको छ । यो चलचित्रमा दिपक भारतबाट नेपाल आई सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् ।

फिल्ममा अर्का कलाकार करण आहुजाको पनि महत्वपूर्ण भूमिका रहनेछ । करण भारतका सफल मोडल हुन् । फिल्ममा नेपाली कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहनेछ । भदौमा हुने मुहुर्तमा चलचित्रमा अभिनय गर्ने सम्पूर्ण कलाकार नेपाल आउनेछन् ।

जय राज रायको कथामा रहेको यस चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गर्नेछन् । जय राज राय र निशा खतिवडा निर्माता रहेको यो फिल्म नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि फिल्मको प्रदर्शन गरिने निर्माता रायले बताउनुभयो ।

तपाईको प्रतिक्रिया