शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – नेपाली नारीहरुको हर्षोल्लासको पर्व तीज नजिकिदैं गर्दा कलाकारहरुले धमाधम तीजका गीत बजारमा ल्याईरहेका छन् । यसैबीच लोकदोहोरी गायिका सलिना नेपालीले पनि ’नाचन साँईली’’ बोलको तीजको गीत बजारमा ल्याएकीछिन् ।

’नाचन साँईली’’ मा सलिना नेपाली र राजन कार्कीले स्वर दिएका छन् भने शब्द घनश्याम रिजालको रहेको छ र लय राजन कार्कीकै रहेको छ । सलिना नेपाली र नरेशबीर सिंहको अभिनय रहेको उक्त तीज गीतको म्युजिक भिडियोमा रविन थापाको निर्देशन रहेको छ । करण चैसिरको छायाङ्कन रहेको सो म्युजिक भिडियो शिव दर्शन फिल्मस् प्रा. लि. ले युट्युब मार्फत हालै मात्र बजारमा ल्याएको हो ।

नृत्यमा पनि उत्तिकै दखल राख्ने मोडल तथा गायिका सलिना गत वर्ष एक साँगीतिक कार्यक्रमका लागि जापान आएकी थिईन् । त्यतिबेला उनले आफ्नो प्रतिभा मार्फत जापानबासी संगीतप्रेमी नेपालीहरुको मन जितेर नेपाल फर्केकी थिईन् । ***
’नाचन साँईली’ म्यूजिक भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?v=L6JM7eCsqIw&sns=fb

तपाईको प्रतिक्रिया