शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव सम्पन्न भएपछि संविधान संशोधनको प्रस्ताव मुुलुुकको हितमा आए एमाले छलफल गर्न तयार रहेको बताउनु भएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान संशोधनका लागि उपयुुक्त प्रस्ताव आए एमाले लचक हुने संकेत गर्नुभयो ।  संविधान परिवर्तनशील हुने बताउदै उहाँले मुलुक हित, र जनताको पक्षमा संशोधन गरिन्छ भने एमाले बाधक नहुने स्पष्ट पार्नुभयो । राष्ट्रिय जनता पार्टीले स्वतन्त्र रुपमा उमेदवारी दिएर दोस्रो चरणकोे निर्वाचनमा सहभागी हुुनुु मुलुकका लागि सकारात्मक रहेको उहाँको भनाई छ ।

विभिन्न परिस्थितिका कारण राजपाले स्वतन्त्र उमेदवारी दिनुुपर्ने अवस्था आएको भन्दै ओलीले निर्वाचनमा सबै पक्षको सहभागिता हुुन सकरात्मक भएको बताउनु भयो ।  एमाले अध्यक्ष ओलीले निषेधको राजनीति गरेर कसैलाई फाइदा नपुुग्ने भएकाले आफूुलाई सच्याएर लोकतान्त्रिक बाटोमा आउन राजपालाई आग्रह समेत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया