शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – टोकियो विश्वविद्यालयले हरेक वर्ष मे महिनामा आयोजना गर्ने ‘गोगाचुसाई’ में फेस्ता यस वर्ष पनि सम्पन्न भएको छ । ९० औं मेँ फेस्तामा विश्वविद्यालयमा अध्यनरत विद्यार्थीको सहयोगमा नेपाल पर्यटन बोर्डले स्टल मार्फत नेपालको पर्यटन क्षेत्रबारे जानकारी गराइएको छ ।

मे २० र २१ दुई दिनसम्म संचालन गरिएको फेस्तामा चार सय भन्दा बढी खानाका स्टल, इन्डिया, बंगलादेश लगायत दश भन्दा बढी राष्ट्रका प्रवर्द्धन स्टलहरू राखिएको थियो । नेपालको स्टलमा जापानी लगायत बिभिन्न देशका ३ हजार भन्दा बढी नागरिकहरूले अवलोकन गरेका थिए भने, नेपालबारे चासो राख्नुका साथै नेपाली परिकार मःमःको स्वाद समेत लिएका थिए ।

यसपटक अध्ययनको लागि सय जना जापानी नागरिकहरू माझ नेपाल भ्रमणबारे नमूना सर्वे पनि गरिएको थियो । जसमध्ये ३० प्रतिशत जापानी १ देखि ७ पटक सम्म नेपाल भ्रमण गरिसकेका, शत प्रतिशतले जाने चाहना ब्यक्त गरेको आयोजकले जनाएको छ आयोजकका अनुसार नेपालभन्दा के कुरा सम्झनुहुन्छ भन्दा अधिकांसले हिमाल, मठमन्दिर र लुम्बिनीको नाम लिएका थिए ।

दुईदिने फेस्ता नेपाल पर्यटन प्रवर्द्धनका कोणबाट फलदायी भएको नेपाल पर्यटन बोर्डका जापानका लागि अबैतानिक पर्यटन प्रतिनिधी अनुज थापा बताउनुभयो ।

तपाईको प्रतिक्रिया