बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

केन्ट, बेलायत – तेह्रथुम समाज यूकेले बेलायतको फेल्थाम, लण्डनमा १० औं वार्षिक उत्सव मनाएको छ । गत २० मे २०१७ का दिन मनाईएको वार्षिक उत्सवमा समाजका ज्येष्ट आमा देउमन्त कुमारी लिम्बुको प्रमुख आतिथि रहनु भएको थियो भने गायिका तथा अभिनेत्री बिष्णु चेम्जोङ विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रमको पहिलोसत्रमा १० औं वार्षिक उत्सव भएकोले संस्थापक कमिटीलाई विशेष सम्मान गरिएको थियो । साथै आजीवन सदस्यता लिनेहरुलाई प्रमाण पत्र हस्तान्तरण, चेलि तथा जुवाईहरुलाई स्वागत–सम्मान गरिएको थियो । यस्तै दोस्रो सत्रमा बेलायतमा रहि शैक्षिक, व्यावसायिक, पत्रकारिता साथै बेलायती सेनामा भर्ति भई प्रसंसनिय काम गर्नेलाई योग्यताको कदर गर्दै प्रसंसा–पत्र र सम्मान–पत्र हस्तान्तरण गरिएको थियो ।

सन २००७ मा कोलचस्टर भन्ने ठाउमा स्थापना भएको समजाले समाज सेवामा पनि काम गर्दै आएको छ । मुटुको रोगी सरिता लिक्बु, क्यान्सर पीडित भीम प्रसाद थेगुम्बा, आर्थिक सिङ्गक तथा मौसम लिम्बु सहयोग गरेको समाजले तेह्रथुम सदरमुकामा रहेको समाधि स्थलको पुनःनिर्माणमा सहयोग गरेको छ । साथै आठराई सक्रान्ति बजारमा भएको आगलागीका पीडितहरुका लागि समेत १५ लाख नेपाली रुपैयाँ संकलग गरेको छ । उक्त रकम हालै बेलायत प्रतिनिधि तारा प्रसाद कन्दङ्वा र नेपाल प्रतिनिधि मोहन हुक्पा चोङ्बाङ मार्फत पीडितहरुलाई हस्तान्तरण गरेको समाजले जनाएको छ ।

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष सुर्य खापुङले समाजको स्थापनादेखि अहिले सम्म समाज सेवामा पुर्याएको योगदानबारे जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रम समाजका सचिव डम्मर सिङ्गक र सानु लिम्बु हुक्पा चोङ्बाङले संचालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया