शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – अमेरिका र साउदी अरेबियाबीच १ सय १० अरब डलरको हतियार सम्झौता भएको छ । राष्ट्रपतिका रुपमा आफ्नो पहिलो विदेश भ्रमणको गन्तव्य साउदी अरेबिया बनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा यो सम्झौता भएको हो ।

ह्वाइट हाउसले साउदीसंगको हतियार सम्झौता अहिलेसम्मकै ठूलो भएको जनाएको छ । दुई मुलुकबीच हतियार सहित विभिन्न विषयमा ३ सय ५० अरब डलरको व्यापारिक सम्झौता भएको छ ।

यसअघि रियाद पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई साउदी राजा सलमानले विमानस्थलमा स्वागत गर्नु भएको थियो । राजा सलमानले ट्रम्पलाई साउदी अधिराज्यको सर्वोच्च नागरिक सम्मान समेत प्रदान गर्नु भएको छ ।

मुस्लिम विरोधी छबीका अमेरिकी राष्ट्रपति रियादमा ४० भन्दा बढी मुस्लिम मुलुकका नेताहरु सहभागि हुने सम्मेलनलाई ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा अतिवादी समूहहरुविरुद्ध लड्ने मुलुकको बाहुल्य रहने अनुमान गरिएको छ । आठ दिने विदेश भ्रमणका क्रममा ट्रम्प इजरायल, प्यालेस्टिनी पनि पुग्नु हुनेछ ।

तपाईको प्रतिक्रिया