शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

सत्यताको कहिले मिलन कहिले बिछोड तथा सत्यता २ को कस्तो माया लाईयो हजुर बोलका गीतहरु नेपाली स्रोता र दर्शकहरुले अत्यधिक रुचाउनु भएका गीतहरु हुन् । यी गीतका गीतकार  गोबिन्द प्रसाद उपाध्याय र गायिका  अन्जु पन्त ।

गीतकार उपाध्याय र गायिका पन्तको सहकार्यलाई नेपाली स्रोता र दर्शकहरुले धेरै प्रशंसा र माया दिएका छन् । त्यसैले सत्यता ३ को गजल बहारमा रमाउने आजकल ज्यादै लोकप्रिय भएको छ।

बहारमा रमाउने प्यास बाँकी छ अझै
तिमी फेरी आउने आश बाँकी छ अझै’

अञ्जु पन्तको स्वरमा रहेको यो गीतको अहिरले अमेरिकाका रमणीय स्थानहरुमा छायाँकन सम्पन्न भएको छ । अमेरिकाका बसोबास गर्ने नेपाली मोडेलहरु रेम न्यौपाने र रजनी थापाको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन अमेरिकामै बसोबास गर्ने निर्देशक सुमन दाहालले गर्नुभएको छ ।

गित लेखनमा धेरै पुरस्कार पाइसकेका चर्चित गितकार गोबिन्दप्रसाद उपाध्यायका शब्दलाई चर्चित गायिका अञ्जु पन्तले स्वर दिनुभएको छ भने गीतमा सँगीत पत्रकार कुसुम भट्टराईले भर्नुभएको छ । उपाध्यायको एल्बम ‘सत्यता–३’मा यो गित समेटीएको छ ।म्युजिक भिडियोमा अभिनय गर्ने मोडल रेम भुटनीज कम्युनिटी युटा, अमेरीकाका अध्यक्ष हुनुहुन्छ भने रजनी पुर्व मिसेज नेपाल र मिसेज हेरिटेज हुनुहुन्छ ।

इश्वर प्रवासीले छायाँकन गरिरहेको म्युजिक भिडियो अब केही दिनमै रिलिज हुने निर्देशक सुमन दाहालले बताउनुभयो । गीतकार उपाध्यायको तेस्रो अल्बम सत्यता ३ को बिक्री बितरण तथा बजार ब्यवस्थापन भाईब्स क्रियशन नेपाल ले गरेको छ ।

तपाईको प्रतिक्रिया