शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं  – इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बंगलादेश विरुद्धको खेल जित्न नेपालले २ सय ५८ रनको लक्ष्य पाएको छ ।

नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५७ रन बनायो । नेपालका अभिनाश कर्णले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए । यस्तै मेहबुब आलम, दिपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्लले समान १ विकेट लिए ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ बर्षमुनिका खेलाडीको सहभागिता छ ।

तपाईको प्रतिक्रिया