शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सरकारले आगामी दुई बर्षका लागि सरकारी सेवामा भर्ना रोक्न गरेको प्रस्ताव लोकसेवा आयोगले अस्वीकार गरेको छ ।

आगोग अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बैठकले सरकरारद्धारा दुई बर्षका लागि कर्मचारी भर्ना रोक्न गरेको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो । सरकारले पुस २७ गते मन्त्रीपरिषद्बाट स्वीकृत गरी आगामी दुई बर्षका लागि कर्मचारी भर्ना रोक्ने प्रस्ताव गरिएको कर्मचारी समायोजनसम्बन्धी विधेयक २०७३ आवश्यक परामर्शका लागि लोकसेवा पठाएको थियो ।

आयोगले निजामती लगायत सबै क्षेत्रमा विद्यमान दरबन्दी रिक्त भएमा ती पदमा भर्ना पक्रिया सुचारु राख्न सरकारलाई सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया