शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – बालबालिकालाई एक वर्ष पुग्नु भन्दा पहिलेदेखि नै बदाम खुवाउने गरेमा एलर्जीको सम्भावना कम गर्न सकिने डाक्टरले बताएका छन् ।

अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थले गरेको अध्ययनमा एक वर्ष पुग्नुभन्दा पहिलेदेखि नै बदाम मिसिएको खानेकुरा खुवाएमा बालबालिकामा गम्भीर खालको एलर्जी हुने सम्भावना कम देखिएको हो ।

यो अध्ययनका आधारमा बालबालिकालाई चारदेखि ६ महिनादेखि नै बदाम मिसिएको खानेकुरा खुवाउनुपर्ने डाक्टरको सुझाव छ ।

यसले गर्दा बालबालिकामा खानेकुराका कारण हुने एलर्जीको सम्भावना घट्ने अनुसन्धानमा संलग्न डाक्टरले बताएका छन् । एक वर्ष भन्दा कम उमेरमै बदाम मिसिएको पोषण खाएका बालबालिकामा बदाम नखाएका बालबालिकामा भन्दा एलर्जीको संक्रमण कम देखिएको अनुसन्धानमा संलग्न अमेरिकन कलेज अफ एलर्जीका डा. म्याथ्यु ग्रिनहाव्टले बताउनुभयो ।

बालबालिकालाई बदाम मात्र भने खान दिँदा श्वासप्रश्वासमा समस्या आउन सक्छ । यसले गर्दा बदाम मिसिएको खानेकुरा मात्रै खुवाउनु पर्छ । बालबालिकामा पछिल्लो समय फुड एलर्जीसहितका विभिन्न समस्या उच्च दरमा बढेको छ । नयाँ अध्ययनले यसको रोकथामका लागि सहयोग गर्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

तपाईको प्रतिक्रिया