शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – पछिल्लो समय निकै चर्चा कमाउन सफल मोडल विमल अधिकारी र सारिका केसीद्धारा अभिनित लोक तथा दोहोरी तनहुँ बन्दीपुर बोलको गीतले दर्शक स्रोताको मन छोएको छ ।

थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाएको यो जोडीले यस गीतमा नृत्य गरेका छन् । कपिल लामाले निर्देशन गरेको यस भिडियोको छायांकन भने सुरेश श्रेष्ठ र सम्पादन सुजन शाहीले गर्नुभएको छ ।

केही समयअघि मात्र बजारमा आएको मर्ने मिती बोलको गितबाट निकैै चर्चा बटुलेका यो जोडीको नृत्य निकै नै राम्रो र आर्कषक देखिएको छ । तनहुँ बन्दीपुरको सेरोफेरोलाई लिएर बुद्धिराम सुनारले ” तनहुँ बन्दीपुर ” बोलको भाकालाई बजारमा ल्याउनुभएको हो । रेश्मी विश्वकर्मा र बुद्धिराम सुनारले यस गीतमा आवाज दिनुभएको छ ।

गीतमा बुद्धिराम सुनारको लय तथा शब्द सृजना रहेको छ । एकपछि अर्को सफल गीत बजारमा पठाउन सफल मालती डिजिटलले यस गीतको अडियो तथा भिडियोको बजार व्यवस्थापन गरेको छ ।

(भिडियो)

तपाईको प्रतिक्रिया