शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नक्कली समाचारहरु फेसबुकमा भाइरल बन्ने समस्या चर्किदै गएपछि फेसबुकले त्यस्ता समाचारलाई निरुत्साहित गर्न नयाँ उपाय अपनाएको छ । फेसबुकले अब संकास्पद समाचार चिनाउन समाचार सेयर गरिएको लिंकसँगै एउटा खतराको संकेत राख्ने छ जसले त्यो समाचार ‘नक्कली’ वा ‘बिबादित’ भन्ने बुझाउने छ ।

हेडलाइनमुनी रातो संकेत राखेर फेसबुकले लेख्नेछ( ‘तथ्य जाँचकी तेस्रो पक्षद्वारा बिबादित घोषित गरिएको समाचार ।’त्यस्ता समाचार नक्कली वा बिबादित हुन कि हैनन् भनेर प्रयोगकर्तालेसमेत उजुरी गर्न सक्नेछन् । त्यसरी उजुरी गरिएका समाचारमाथि फेसबुकसँग सहकार्य गरिरहेका तथ्य जाँच्ने संस्थाहरुले काम गर्नेछन् ।

बिबादित समाचारसँगै फेसबुकले यस्तो संकेत र सन्देश राख्ने छ बिबादित समाचारसँगै फेसबुकले यस्तो संकेत र सन्देश राख्ने छ । हालै अमेरिकामा भएको राष्ट्रिपति निर्वाचनको परिणाममा समेत फेक न्यूज जिम्मेवार रहेको देखिएको थियो । जसका कारण फेकन्यूजलाई निरुत्साहित गर्न फेसबुकमाथि चर्को दबाब परेको थियो ।

यसरी तथ्य जाँच गर्ने काममा फेसबुकलाई हरेक देशमा भिन्नभिन्न संस्थाले सहयोग गर्नेछन् । अमेरिकामा फेसबुकले पोइन्टर नामक संस्थासँग बिबादित समाचारहरुको सत्यता परिक्षण गर्ने सम्झौता गरिसकेको छ । अन्य देशमा पनि फेसबुकले यस्तै सत्य जाँच्ने संस्थासँग सहकार्य गर्ने छ ।

‘प्रयोगकर्ताले गरेको उजुरीका आधारमा हामीले ती समाचार लिंकहरु सत्य जाँच्ने संस्थाहरुमा पठाउने छौं’ फेसबुकका भाइस प्रेसिडेण्ट आदम मोसेरीले फेसबुक ब्लगमा यो जानकारी सेयर गर्दै भने ( यदि बिज्ञहरुले ती समाचार नक्कली वा बिबादित भन्ने यकिन गरे भने हामीले संकेतसहित ती लिंकको तल किन बिबादित हो भनी कारणसहित उल्लेख गरिदिने छौं ।’
यसरी बिबादित वा नक्कली भनी लेबल गरिएका समाचारहरु देखाउन फेसबुकले प्राथमिकता दिने छैन । साथै फेसबुक प्रयोगकर्तालाई त्यस्ता समाचार सेयर गर्नुअघि सूचित गर्दै चेतावनीसमेत दिने छ ।

बिबादित निश्चित गरिएका समाचार सेयर गर्दा यस्तो चेतावनी दिनेछ फेसबुकले । बिबादित निश्चित गरिएका समाचार सेयर गर्दा यस्तो चेतावनी दिनेछ फेसबुकले ।प्रयोगकर्ताले अब फेक न्यूजको रिपोर्ट गर्न सक्नेछन । प्रयोगकर्ताले अब फेक न्यूजको रिपोर्ट गर्न सक्नेछन ।

तपाईको प्रतिक्रिया