शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

janasamparka-samiti_japan-300x300टोकियो – नेपाली काँग्रेसको जापानस्थित भ्रात्तृसंस्था नेपाली जनसम्पर्क समिति जापानमा विद्यमान विवाद सल्टिएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रिय सदस्य तथा सभासद राजन केसीको बिशेष उपस्थितिमा हालै भएको बिशेष भेलाले दुई ध्रुवमा बिभाजित जनसम्पर्क समिति जापानको विवाद सल्टाएको हो ।

डिपी कँडेल नेतृत्वको समुहले आफुलाई मतदानबाट निर्बाचित भएको भन्दै जनसम्पर्क समिति जापानको स्वामित्व लिएको थियो भने निर्वाचन बहिस्कार गरेको रोशन केसी पक्षको समुहले यसलाई स्वीकार्यता प्रदान गरेको थिएन । दुवै पक्षले आफुलाई आधिकारिक नेपाली जनसम्पर्क समिति जापान भएको दावी गर्दै आएकाले जापानको नेपाली समुदायमा अन्यौलता उत्पन्न भएको थियो । उक्त अन्यौलताको अन्त्य गर्दै बिशेष भेलाले विवाद समाधान भएको सो समितिले जनाएको छ ।

जसअनुसार दुई वर्षको कार्यकाललाई डिपी कँडेलले १ वर्ष र रोशन केसीले अर्को १ वर्ष नेपाली जनसम्पर्क समितिको नेतृत्व सम्हाल्ने बिशेष भेलाद्वारा सहमति भएको जानकारी गराईएको छ । सहमति अनुसार यही २०१६ डिसेम्बर १ तारिखदेखि २०१७ नोवेम्वर मसान्तसम्म १ वर्ष डिपी कँडेल सभापति रहने र २०१७ डिसेम्बर १ देखि २०१८ नोवेम्बर मसान्तसम्म रोशन केसी सभापति रहने सहमति कायम भएको बताईएको छ । उक्त सहमतिलाई कार्यान्वयन गर्न बिधानमा आवश्यक संशोधन गर्ने गरी आगामी साधारण सभाले अनुमोदन गर्ने पनि सहमति भएको छ ।

नेपाली जनसम्पर्क समितिमा विवादका कारण लामो समयदेखि रहेको अन्यौलताको अन्त्य गर्दै भएको सहमतिले जनसम्पर्क समिति पंक्तिमा उत्साहको सञ्चार गरेको छ ।***
jss-1jss-2

तपाईको प्रतिक्रिया