शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजिकशास्त्र संकायले विद्यार्थी कम हुने विषय सबै क्याम्पसमा सञ्चालन गर्न नदिने भएको छ ।

थोरै थोरै विद्यार्थी धेरै क्याम्पसमा भर्ना हुँदा जनशक्ति र भौतिक पूर्वाधानर व्यवस्थापनमा समस्या भएपछि त्रिविले १० जनाभन्दा कम हुने विषयमा सबै क्याम्पसमा सञ्चालन नगर्न सर्कुलर गरेको छ ।

त्रिवि मानविकी तथा सामाजिक संकायका डिन प्रा.डा. चिन्तामणि पोखरेलले स्नातक र स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएमा धेरै क्याम्पसको एकै ठाउँमा पढाउन सर्कुलर भएको बताउनु भयाे ।

स्नातकोत्तर तहमा उपत्यकाका कतिपय क्याम्पसमा नेपली अंग्रेजी लगायतका विषयमा नै अति कम विद्यार्थी रहेका छन् ।

नयाँ पत्रिकामा खबर छ ।

 

तपाईको प्रतिक्रिया