शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको बताउनुभएको छ । यहाँस्थित पाकिस्तानी दूतावासमा आज आयोजित ‘जम्मुकास्मिर विवादमा मानवअधिकारको आयाम’ विषयक प्रवचन कार्यक्रममा उहाँले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको भारतले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो – “संयुक्त राष्ट्रसङ्घले पारित गरेको प्रस्ताव र तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिबद्धता कार्यान्वयन हुनुपर्छ ।” दक्षिण एसियाको स्थायित्व, विकास र शान्तिका लागि भारत र पाकिस्तानबीच मैत्री अपरिहार्य भएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसद, पूर्व राजदूत, प्राध्यापक तथा वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया