शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – चीनलाई हराउँदै नेपाल एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आइसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको उपबिजेता बनेको नेपाली टोलीले एसिया कप क्रिकेट खेल्ने निश्चित भएको हो । womens-cricket-nepal

नेपाली टोलीले शनिवार चीनलाई ४ विकेटले हराउँदै एसिया कप क्रिकेटको यात्रा तय गरेको हो । आफ्नो अन्तिम खेलमा चीनले दिएको ८६ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गरेको हो । टस जितेर ब्याटिङ रोजेको चीनले २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनाएको थियो ।

नेपाल ६ अंकसहित समूह उपबिजेता बनेको हो । एसिया कप आगामी नोभेम्बर र डिसेम्बरमा थाइल्यान्डमा हुने छ ।

तपाईको प्रतिक्रिया