शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – नेपाली काँग्रेसले सरकरमा थप सात जना राज्य मन्त्री थप्ने तयारी गरिरहेको छ । काँग्रेस सभापति देउवानिकट स्रोतका अनुसार सोमबार वा मङ्गलवारसम्म राज्यमन्त्री थपिने खबर आजको राजधानीमा छापिएको छ ।

काँग्रेस केन्द्रीय सदस्य नभएका सांसदहरुले पनि राज्यमन्त्री बन्न लविङ गरिरहेका छन् । केन्द्रीय सदस्य भएकाहरुले भने राज्यमन्त्रीमा जान चासो देखाएका छैनन् । राज्यमन्त्री थप्दा देउवाले भूगोल, महिला, जनजातिलाई प्राथमिकता हेरेर निर्णय गर्ने भएका छन् । खासगरी गृह राज्य मन्त्री बन्न धेरै सांसदहरुले प्रयास गरिरहेका छन् ।

वर्तमान गृहमन्त्री विमलेन्द्र निधि मन्त्रालयको काममा भन्दा अन्य काममा बढी व्यस्त हुने भएकाले गृहराज्य मन्त्रीले धेरै अधिकार पाउने आशामा पनि उनीहरू गृह राज्य मन्त्रीका लागि दौडधुप गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया