शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – अमेरिकाको वासिङ्टन राज्यको बर्लिंगटन शहरस्थित एक सपिङ मलमा गोलीकाण्ड हुँदा चार जना मारिएको प्रहरीले जनाएको छ ।

सियाटलबाट करिब एक सय किलोमिटर उत्तरमा रहेको उक्त स्थानमा भएको घटना लगत्तै गोली प्रहार गर्ने व्यक्ति भागेको जनाइएको छ । हिस्पानीक समुदायका पुरुष बताइएको उक्त व्यक्तिलाई प्रहरीले खोजिरहेको बीबीसीले जनाएको छ ।

गोली प्रहार गर्ने एक जना मात्र थिए वा बढी थिए भन्ने प्रस्ट भइसकेको छैन । गोली प्रहारको उद्देश्य पनि खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया