शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी घाइते भएका छन् । ला लिगा अन्तर्गत बुधवार रातीको खेलको क्रममा चोटग्रस्त भएका कारण मेस्सी कम्तीमा हप्ताका लागि मैदान बाहिर हुने भएका छन् । messi-1

कम्मर र तिघ्रा बिचको भागमा चोट लागेको र मांसपेशी तन्किएकाले खेल्न नसक्ने भएका हुन् । एथ्लेटिको मड्रिडका डिएगो गोडिनसँगको ट्याकलको क्रममा मेस्सीलाई खेलको ५९ औँ मिनेटमा चोट लागेको थियो । यो खेलमा बार्सिलोना १–१ को बराबरीमा रोकियो ।

चोटकै कारण मेस्सीले यसअघि विश्व कप २०१८ को छनौट अन्तर्गत राष्ट्रिय टिमबाट भेनेजुएलासँगको खेल गुमाएका थिए । तर उनले यो सिजन ला लिगाका अहिलेसम्मका सबै पाँच खेल खेलेका छन् । मेस्सी आउँदो अक्टोबर १९ मा च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीसँगको खेलमा मैदानमा फर्किने सम्भावना छ ।

चोटका कारण मेस्सीले च्याम्पियन्स लिगको एक, ला लिगाको दुई तथा विश्व कप छनौटका दुई खेल गुमाउने छन् ।

तपाईको प्रतिक्रिया