शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – काठमाडौँ उपत्यकामा दैनिक ६ लाखभन्दा धेरै सवारीसाधन गुड्ने गरेका छन् । यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार बागमती अञ्चलमा मात्रै नौ लाख २२ हजार नौ सय सवारीसाधन दर्ता छन् । little impact on denizens

 

तीमध्ये अधिकांश उपत्यकाभित्रै चल्छन् । विभागका अनुसार दर्ता भएकामध्ये ७० प्रतिशत सवारीसाधन दिनको एक पटक सडकमा निस्कन्छन् । यस आधारमा उपत्यकाभित्रका सडकमा मात्रै दैनिक ६ लाख ४६ हजार ३० सवारीसाधन गुड्ने गरेको विभागको अनुमान आजको नयाँ पत्रिकामा खबर छापिएको छ। विभागका उपमहानिर्देशक तथा प्रवक्ता वसन्त अधिकारीले उपत्यकामा दैनिक पाँच लाखभन्दा धेरैको संख्यामा साना–ठुला यातायातका साधन गुड्ने गरेको बताउनुभयो ।

तथ्यांकअनुसार मुलुकभर २३ लाख २७ हजार ६ सय १६ सवारीसाधन दर्ता छन् । त्यसमध्ये ७० प्रतिशत सवारीसाधन सञ्चालनमा छन्। बाँकी ३० प्रतिशत भने बिग्रिएर थन्किएका छन् । दर्ता भएकामध्ये ३९.६५ प्रतिशत सवारीसाधन बागमती अञ्चलमा दर्ता भएका छन् । यो भनेको नौ लाख २२ हजार नौ सय हो । बागमती अञ्चलबाहेक मात्रै झन्डै ६० प्रतिशत सवारीसाधन दर्ता भएका छन् । यो भनेको १४ लाख चार हजार सात सय १६ हो ।

विभागका अनुसार उपत्यकाभित्र गुड्ने सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकलको संख्या छ। बागमती अञ्चलमा मात्रै सात लाख २२,७२२ मोटरसाइकल दर्ता भएका छन् । दर्ता भएकामध्ये अधिकांश मोटरसाइकल उपत्यकाभित्रकै सडकमा सञ्चालन हुन्छन् ।

तपाईको प्रतिक्रिया