शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

ललितपुर – ललितपुर उपमहानगरपालिका-२ सानेपास्थित इन्टरनेसनल क्लब परिसरमा ड्रोन उडाउँदा गोकर्णेश्वरका सगुन शेर्पा पक्राउ परेका छन् ।

शेर्पालाई डिजेआई लेखिएको चार पखेटा भएको ड्रोनसहित नियन्त्रणमा लिइएको महनगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । अभियुक्त शेर्पालाई आवश्यक कारबाहीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाइएको छ ।

सानेपा स्थित इन्टरनेशनल क्लबमा पल्सर बाइक रियालिटी शो भइरहेको बेला शेर्पाले ड्रोन क्यामरा उडाएका थिए ।

तपाईको प्रतिक्रिया