शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

सिरिया – सिरियामा तीन लाख भन्दा धेरै बालबालिका जन्मिदै शरणार्थी बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ । पाँच वर्षअघि द्वन्द्व सुरु भएयता तीन लाख ६ हजार बालबालिका जन्मिदै शरणार्थी बनेको राष्ट्रसंघको तथ्यांक छ ।

siriya

विभिन्न शरणार्थी शिविरमा जन्मिएका बालबालिकाको जन्मदर्ता नहुने भएकोले उनीहरुलाई जीवनभरी नै समस्या हुने राष्ट्रसंघको भनाई छ । शरणार्थी शिविरमा जन्मिएका बालबालिकामा निमोनिया, टिटानससहितका रोगको खतरा हुन्छ । यस्तै गर्भवती महिला तथा शुशीकी आमाको स्वास्थ्यमा पनि गम्भीर असर पर्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

द्वन्द्वका कारण २७ लाख भन्दा धेरै सिरियाली बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । सिरियामा सन् २०११ मा सुरु भएको गृहयुद्धका कारण दुई लाख ५० हजार भन्दा धेरै मानिसको ज्यान गएको छ भने लाखौं मानिस विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया