शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – आगामी १५ असोजको घटस्थापनाका दिनबाट सुरु हुने दसैँका लागि राजधानीबाट मुलुकभरका विभिन्न गन्तब्यमा जाने यात्रुबाहक बसको टिकट बुकिङ आगामी असोजको पहिलो साताबाट खुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा दसैँका लागि राजधानीबाट विभिन्न गन्तब्य हुँदै गाउँ घरसम्म पुग्ने यात्रुको लागि आगामी असोजको पहिलो साताबाट टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागले जनाएको खबर आजको राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया