शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

ITALY-QUAKE

रोम – इटालीमा गएको बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्याको २६७ छ । इटालीको नागरिक प्रतिरक्षा विभागले शुक्रबार बिहान सो जानकारी दिएको छ ।
उद्वारको कार्य जारी रहेको छ र उद्वारकर्मीहरूका अनुसार अझै पनि केही व्यक्ति पुरिएर रहेका अनुमान गरिएको छ । सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको बताइए पनि अझै क्षतिको पूर्ण विवरण आइसकेको छैन । अमात्रिसमा मात्र २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको यहाँका मेयर सर्गीओ पिरोजीले बताएका छन् ।
इटालीको अमात्रिस गाउँको जनसङ्ख्या करिब २ हजार ५०० मात्र रहेको छ । भूकम्पले अति प्रभावित यस इलाकामा बढी क्षति भएको बताइएको छ । अमात्रिस गाउँमा अवस्थित होटेल रोमामा बसेका करिब ३२ जना पाहुना बेपत्ता रहेका अन्तराष्ट्रिय समाचार समितिहरुले हिजो जनाएका थिए । उनीहरु भूकम्पले ढालेको भग्नाबशेषभित्र परेका जनाइएको छ ।
बुधबार बिहान सवेरै ६.२ रिक्टर स्केलको भूकम्प गएको थियो । उद्वारकार्य जारी रहेको छ र हताहत हुने व्यक्तिहरूको सङ्ख्या अझै बढ्ने पनि बताइएको छ । सो भूकम्पमा परी ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
इटालीको नागरिक प्रतिरक्षा विभागले दिएको जानकारीअनुसार भूकम्पको उद्धारमा खटिएका उद्धारकर्मीहरूले अझै पनि धेरै व्यक्ति भग्नावशेषमा पुरिएर रहेका हुनाले मृतकको सङ्ख्या बढ्न पनि सक्ने बताएका छन् ।  इटालीमा सन् २००९ पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् २००९ मा यहाँ गएको भूकम्पमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया