शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

pokhareli Didi bahineeटोकियो – पोखरेली दिदीबहिनी समुहले जापानमा पहिलोचोटी आयोजना गर्न लागेको तीज बिशेष कार्यक्रम विवादित बन्न पुगेको छ ।

आउँदो अगस्त १३ तारिखका दिन टोकियोमा गर्ने भनिएको तीज कार्यक्रम सम्बन्धि समाचार सोमबार केही अनलाईनहरुमा प्रकाशित भएपछि उक्त संस्थाकी अध्यक्ष प्रेमिला गौचनले पोखरेली दिदीबहिनी समुहद्वारा जापानमा कुनै तीज कार्यक्रमको आयोजना नगरिएको बताउँदै समाचारको खण्डन गरेकी छिन् ।

आफुलाई थाहै नदिई तीज कार्यक्रमको आयोजना गर्न लागेको र सो सम्बन्धि समाचार सार्बजनिक गरिएकोमा आपत्ति जनाउँदै अध्यक्ष गौचनले एक विज्ञप्तीमार्फत आफ्नो र सँस्थाको बदनाम गराउने कुचेष्टा गरिएकोमा गहिरो दुःख ब्यक्त गरेकी छिन् । उनले यस कार्यबाट आफ्नो भावनामा चोट पुर्‍याउने काम भएको भन्दै पोखरेली दिदीबहिनी समुह जापानको तीज सम्बन्धि कार्यक्रम बारेको समाचार भ्रामक र कपोलकल्पित भएको बताएकीछिन् ।

बिज्ञप्तीमा भनिएको छ – कुनै पनि संस्था कसैको निजी पेवा अर्थात साधन होइन । कुनै पनि संस्थाको आफ्नै कार्य शैली, उद्देश्य हुन्छन् । तथापी समाज सेवाको नाममा अहिले च्याउ जस्त्तै उम्रेका संघसंस्थाहरुमा विभिन्न खालका बिकृतिहरु बढेको र त्यसको ज्वलन्त उदाहरण पोखरेली दिदीबहिनी समुहमा देखिएको छ । म संस्थापक अध्यक्षको हैसियतले मेरो अनुमति बिना अर्थात मलाई कुनै जानाकारी नदिई म र मेरो संस्था बदनाम गर्ने कुचेष्टा गरिएको छ । पोखरेली दिदीबहिनी भनेको पोखराबासीले जन्माएको नभई काठमाडौंमा भएका दिदीबहिनीले दुःख, सुखमा भलाकुसारी गर्ने एउटा साझा चौतारीको थलो निर्माण गर्ने उद्देश्यले आज भन्दा करिव ९,१० वर्ष पहिले खोलिएको संस्था हो । सोही उद्देश्य बमोजिम मैले पनि जापानमा स्थापित गर्न चाहन्थे, तर परिणाम उल्टो निस्किएको छ ।

त्यसैले सत्यता नभएको उक्त समाचार प्रति गहिरो दुःख व्यक्त गर्दै म अध्यक्षको अनुमति अर्थात जानकारी नदिई मेरो भावनामा चोट पुर्‍याउने कुचेष्टा गरिएकोले आजकै मितिबाट यस समाज कि भीमकुमारी गुरुङ, अञ्जु भण्डारी, एनी शेरचन र बिनु गुरुङलाई यस पोखरेली दिदीबहिनी समुहको कुनै पनि पदमा नरहने गरी बर्खास्त गरिएको यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउँदछु – विज्ञप्तीमा उल्लेख छ ।

सुन्दर नगरी पोखराका चेलीहरु जापानमा जुटेको खबरले धेरैतिर आशाको सञ्चार गरेको थियो तर केही महिना पनि बित्न नपाउँदै आयोजित पहिलो कार्यक्रम नै विवादको घेरामा पर्नुले सुन्दाखेरी पोखरा जति सुन्दर छ पछिल्लो घटनाले त्यहीमुताविकको शोभा नबढाएको बिश्लेषण गर्न थालिएको छ । त्यसैले पोखरेली दिदीबहिनीहरु आरोप-प्रत्यारोपमा उत्रिनुभन्दा मेलमिलाप, सहमति र समझदारीमा अगाडि बढेको यहाँका नेपालीहरुले हेर्न चाहेका छन् । ***

तपाईको प्रतिक्रिया