शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

wno logoटोकियो – नेपालका विभिन्न जिल्लाबाट जापानको फुकुओका क्षेत्रमा बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवाः अर्गनाइजेशन जापान, फुकुओका गठन गरेका छन् ।

नव गठित अर्गनाइजेशनले अशोक शाहीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । अर्गनाईजेशनको सल्लाहकारमा सुगम श्रेष्ठ र नितु खड्की, उपाध्यक्षमा विकाश प्रधान, कोषाध्यक्षमा पृथ्वी श्रेष्ठ, सचिवमा आशिष खड्की र सह–सचिवमा सजिना रञ्जित रहनुभएको छ । त्यसैगरी सदस्यमा धर्म महर्जन, समुन्द्र श्रेष्ठ, अनिल श्रेष्ठ, अंकित श्रेष्ठ र रवि महर्जन हुनुहुन्छ ।

वर्ल्ड अर्गनाइजेशन जापान, फुकुओकका प्रतिनिधि राम कृष्ण श्रेष्ठको सक्रियतामा शाखाको गठन भएको हो । नेपाली समुदायमा आइपर्ने समस्यामा सामूहिक पहलमा एकताबद्ध गर्ने उद्देश्यले अर्गनाईजेशन गठन गरिएकोे हो । संस्कृतिको सरंक्षण, सम्वद्र्धन, संसार भर छरिएका नेपालीहरुसंगको समन्वय, आफूसँग भएको सीप र ज्ञानको प्रचारका साथै नेपालमा केही आर्थिक सहयोग गर्ने उद्देश्य पनि रहेको अर्गनाइजेशनले जनाएको छ । Fukuoka Photo 1

आफ्नो क्षेत्रबाट नेपाल र नेपालीको लागि के कस्तो सहयोग गर्न सकिन्छ भन्ने भावनाबाट प्रेरित भई निस्वार्थ भावनाले लाग्नु नै यसको मूल कार्य रहेको अर्गनाईजेशनका अध्यक्ष अशोक शाहीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया