शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – भारत प्रशासित जम्मु कश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ११ जना मारिएका छन् । 160709113344_kashmir_burhan__624x351_ap_nocredit

अन्य एक सय ५० भन्दा धेरै घाइते भएका छन् । घाइते हुनेमा ९६ जना सुरक्षाकर्मी तथा झन्डै ७० जना सर्वसाधारण नागरिक रहेको सरकारी अधिकारीहरुले बताएका छन् । प्रहरी कारबाहीमा अतिवादी संगठन हिज्बुल मुजाहिदीनका कमाण्डर बुरहान बानी मारिएपछि भएको प्रदर्शन हिंसात्मक बन्दा यो झडप भएको हो ।

भारतका गृह मन्त्री राजनाथ सिंहले शान्ति कायम राख्न सबैसँग आग्रह गर्नुभएको छ । २१ वर्षका बानीको श्रीनगरबाट ४५ माइल पर अनन्तनागमा मारिएका थिए । बानीसँगै उनका दुई साथी पनि कारबाहीको क्रममा मारिएको प्रहरी अधिकारीले बताएका छन् ।

संवेदनशील क्षेत्रमा कफ्र्यू आदेश जारी गर्नुका साथै पृथकतावादी नेताको घरको घेराबन्दी गरिएको छ । बानीको गृह नगरमा भने भारत विरोधी नारा लगाइएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया