शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
डिसी –  अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ। विभिन्न विधामा विशिष्टता हासिल गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने दश नेपाली तथा नेपाल र नेपालीलाई विशिष्ट रुपमा सहयोग गर्ने तीन विदेशी सामाजिक नायकहरुलाई सम्मान तथा हरेक दुई वर्षमा प्रदान गरिने उत्कृष्ट पुरस्कारस्वरुप नगद र ताम्रपत्रद्वारा पुरस्कृत गरिएको छ।
 Sahitya
नेपालको प्रतिष्ठा बढाउने दश जना सामाजिक नायक नेपालीमा अमेरिकाका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, लक्ष्मी प्रतिष्ठान नेपालका संस्थापक बिष्णु गौतम, युएस नेपाल अनलाइन डटकमका सम्पादक प्रदीप थापालाई खादा ओढाई ताम्रपत्र प्रदान गरी सम्मान गरिएको छ।
अरु सम्मानित हुने नेपालीमा सीएनएन नायक पुष्पा बस्नेत, क्यानडाकी महिला अधिकारकर्मी तथा समाजसेवी राधा बस्नेत, गैर आवासीय नेपाली संघका वर्तमान अध्यक्ष तथा अस्ट्रेलियाकै धनाढ्य व्यवसायी शेष घले, नेपाल खेलकूद परिषद्का महासचिव युवराज लामा, अमेरिका नर्थ क्यारोलिनाका हरिहरप्रसाद भट्टराई, सिक्किमका कवि राजेन्द्र भण्डारी तथा बेलायतका खगेन्द्र नेपाली भए पनि उनीहरु आउन सकेनन्।
यसै गरी अनेसासका उत्कृष्ट पुरस्कार स्वरुप नगद तथा ताम्रपत्रद्वारा पुरस्कृत क्रमश अमर न्यौपाने, मदन पुरस्कार बिजेता, खगेन्द्र लुइँटेल, प्रमुख नेपाली बिभाग, त्रिभुवन बिश्व बिद्यालय, कुसमाकर न्यौपाने, पोखरा, सुमलकुमार गुरुङ ९बेलायत०, श्रीमती गंगा लिगल, सुनिल संगम (पोर्तुगल) प्रकाश नेपाल (अमेरिका), प्राज्ञ प्रेम छोटा (नेपाल) तथा शेखर ढुंगेल (अमेरिका) छन्।
समुद्घाटन कार्यक्रमको प्रमुख आतिथ्य राजदूत शर्मा तथा विशेष अतिथिमा वरिष्ठ साहित्यकार तथा भूतपूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रित थिए भने महाकवि देवकोटाको तस्बिरमा माल्यार्पण तथा पानसमा बत्ती बालि समुद्घाटन गरिएको थियो।
sahitya Ok 1
कार्यक्रममा दोश्रो पुस्ताका युवालाई प्रोत्साहन गर्न कविता प्रतियोगिता आयोजना गरिएको थियो भने उक्त कार्यक्रममा प्रथम बिबेचना निरौला, द्वितीय प्रिय सुबेदी तथा तृतीय निशान्त ज्ञवाली भएका थिए।
सम्मेलन हिजो नोवेम्वर ३० शनिवार र आज डिसेम्बर १ आइतवार गरि दुई दिवसीय रहेको छ ।   ***

तपाईको प्रतिक्रिया